Sirahaनेपाली कांग्रेससीतादेवी यादव

नेपाली काँग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले काँग्रेसको कोषअन्तर्गत मुद्दती खातामा १० करोड र अन्यमा थप दुई/तीन करोड रुपैयाँ रहेको जानकारी दिएकी छन् ।

पार्टीको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूले चाहेअनुसार कोषलाई पारदर्शी, मितव्ययी बनाउन नसके पनि सकेसम्म पारदर्शी र मितव्ययी बनाएको जानकारी दिइन् । उनले पार्टीको आर्थिक प्रतिवेदन बन्दसत्रमा पेस गरिने भए पनि उद्घाटन सत्रमै सामान्य जानकारी दिएको बताइन् ।

आफूलाई १३ औं महाधिवेशनमा कोषाध्यक्षको जिम्मेवारी दिएकोमा आभारसमेत प्रकट गरिन् । उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिँदै कसैलाई काखा र कसैलाई पाखा नगर्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!