सिरहा । सिरहाको प्राचीन सारस्वरनाथ महादेव मन्दिर परिसरमा विवाह पञ्चमीको अवसरमा ज्योतिलिङ्ग महादेवको प्रतिष्ठा र महा–रुद्री पूजा सम्पन्न भएको छ ।

सारस्वरनाथ महादेव मन्दिर परिसरमा ६५ शिवलिङ स्थापना गरी विधिवत रुपमा महारुद्री पूजा सम्पन्न गरिएको हो ।
मन्दिर परिसरमा स्थापित गरिएको शिवलिङलाई विवाहपञ्चमीको अवसर पारेर महारुद्री पूजा गरिएको हो । यसका निम्ति पवित्र कमला नदीबाट कलश यात्रा निकालिएको थियो । मन्दिर परिसरमा शिवलिङ स्थापना गर्न राजन भारती, राम सागर मण्डलको विशेष भूमिका रहेका छन् ।

सारस्वर ग्रामवासीको आयोजनामा महादेवको प्रतिष्ठा र महा–रुद्री पूजाको अवसरमा सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादव, वडा नं. १२ का वडा अध्यक्ष सत्रुधन साह, राम सागर मण्डल, मनोज मण्डल, सियाराम ठाकुर, श्रीलाल ठाकुर, शिवु यादव, एवं भारती परिवारका सदस्यहरुको उपस्थिती रहेको थियो । कलश यात्रामा सहभागी ५ सय ५ महिलाहरुलाई भारती परिवारले नयाँ साडी समेत प्रदान गरेका थिए । उक्त अवसरमा विभिन्न स्थानबाट हजारौंको सहभागिता रहेको थियो ।

६५ थान शिवलिङ स्थापनासँगै प्राचीन सारस्वनाथ महादेव मन्दिर परिसरमा रौनक थपिएको छ । शिवभक्त व्रतालुलाई मन्दिर परिसरमा ध्यान र आराधना गर्न झन् उत्साहित बनाउने स्थानीय अगुवा मनोज मण्लले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!