काठमाडौं । भारतका रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) बिपिन रावत सवार हेलिकप्टर दुर्घटना हुँदा त्यसमा रहको चार जना सैनिकको मृत्यु भएको छ ।
घाइते तीन जनालाई उपचारको लागि अस्पताल पुर्याइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा भारतका रक्षा प्रमुख रावत, उनको श्रीमतीसहित १४ जना रहेको जनाइएको छ । रक्षा प्रमुख रावत र उनको श्रीमतीको अवस्थाबारे केही बताइएको छैन ।
भारतीय सेनाको एमआई–१७ भि ५ हेलिकप्टर दुर्घटना भएको भारतीय सेनाले जनाएको छ । भारतीय मिडियाका अनुसार हेलिकप्टरमा सेनाका अन्य वरिष्ठ अधिकारीहरु समेत रहेका थिए ।
रावतलाई १ जनवरी २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त गरिएको थियो ।
भारतीय सेनाले दुर्घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानबिनको आदेश दिएको छ ।



