विमानस्थल

काठमाडाैँ । दुबई जान भनेर गएराति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ७६ नेपालीलाई विमानस्थलबाटै फर्काइएको छ ।

ललितपुरको जावलाखेलस्थित शुभेक्षा बहुउद्देश्यीय सहकारी संस्थाका ७६ जना पदाधिकारी तथा सेयर सदस्यलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले विदेश जान रोकेको हो ।

उनीहरू दुबई भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमान राति साढे ११ बजे चढ्ने तयारीमा थिए । तर अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै जहाज चढ्न नदिएको हो । उनीहरु दुबई एक्स्पोमा भाग लिन चार दिनका लागि दुबई जान लागेका थिए ।

भ्रमण टोलीमा धेरैजसो महिला भएकाले दुबई जान रोकिएको अनुमान गरिएको छ । त्यसअघि सहकारीको टोलीले अध्यागमन कार्यालयअघि झन्डै एक घण्टासम्म नाराबाजी गरेको थियो ।

७६ यात्रु फर्काइएपछि नेपाल वायु सेवा निगमको न्यारोबडी विमान ७२ जना यात्रु मात्रै लिएर राति साढे एक बजे दुबई उडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!