ओमिक्रोनभारत

काठमाडौं– भारतको गुजरातमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका एक संक्रमित फेला परेका छन्।

पश्चिमी राज्य गुजरातका अधिकारीहरूले ७२ वर्षीय एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनी भारतीय मूलका व्यक्ति हुन्, जो दशकौंदेखि जिम्बावेमा बसोबास गर्दै आएका थिए। उनी २८ नोभेम्बरमा भारत फर्किएका थिए।

भारतको ओमिक्रोन संक्रमित फेला परेको यो तेस्रो घटना हो। यसअघि बिहीबार स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले कर्नाटकमा दुई संक्रमित फेला परेको जानकारी दिएका थिए। ६६ र ४६ वर्षीय ती व्यक्ति दक्षिण अफ्रिकाबाट फर्किएका थिए।

उनीहरुमा सामान्य लक्षणसमेत देखिएको थियो। नोभेम्बर २७ देखि उनीहरु क्वारेन्टिनमा बसिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!