जनकपुरधाम — सप्ताहव्यापी रूपमा मनाइने राम-जानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ। महोत्सवको पहिलो दिन नगरदर्शन गरिएको थियो भने दोस्रो दिन आज फूलबारी लीला मनाइएको हो।
भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा रहेका बालकलाई जानकी मन्दिर छेउमै रहेको विवाहमण्डपको फूलबारीमा सीताको प्रतिकको रुपमा रहेकी बालिकासँग भेट गराई फूलबारी लिला मनाइन्छ। त्रेता युगमा राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँगै फूल टिप्न गएकी सीतासँग पहिलो पटक भेट भएको वाल्मिकी रामायणमा उल्लेख छ।





