अन्तरजातीय विवाहमञ्जु यादव

जनकपुरधाम— नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेश सभा सदस्य मञ्जु यादवले अन्तरजातीय प्रेम विवाह गरेकी छन् । महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार उनले विवाह गरेकी हुन् ।

दुवै जोडी एउटै नगरपालिकाका हुन् । बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन् । निकटस्थका अनुसार विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायणले एकअर्कालाई मनपराएका थिए । उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुको विवाह हुन सकेको थिएन । तर प्रदेश सांसद यादवले २० वर्षपछि प्रेमलाई मुर्तरुप दिँदै विवाह गरेकी हुन् ।

०५८ सालमा जनकपुरधाम स्थित राराब क्याम्पसमा दुवै जना पढ्दै गर्दा आपसमा प्रेम बसेको थियो । प्रेम बसेको लामो समय पछि अन्ततः घरपरिवारकै सहमतिमा उनीहरुले विवाह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय