बिमामहालक्ष्मी लाइफयुवासँग महालक्ष्मी लाइफलहान

सिरहा । महालक्ष्मी लाइफले राष्ट्रिय बिमा जागरण अभियानअन्तर्गत सिरहाको लहान, जनकपुर, बर्दिवास र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले बर्दिवासको नवछितिज कलेजमा यही मंसिर १३ गते ७० युवा विद्यार्थीहरूलाई बिमासम्बन्धी प्रशिक्षण दिएको हो । सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा पनि १३० विद्यार्थीलाई बिमासम्बन्धी प्रशिक्षण दिएको कम्पनीले जनाइएको छ ।

मंसिर १४ गते लहानको जेएस मुरारका बहुमुखस् क्याम्पसमा पनि १३० विद्यार्थीलाई प्रशिक्षण दिइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्राइले जानकारी दिए ।

मंसिर १५ गते त्रियुगा जनता बहुमुखी क्याम्पस गाईघाटमा पनि कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० विद्यार्थीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!