जीवनबहादुर शाही

काठमाडौ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी शाहीले राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरे । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए ।

बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् ।

मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!