कुटपिट

विराटनगर । मोरङको कटहरीमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ।

मंसिर ११ गते ९ वजेतिर कटहरी ५ का ४० वर्षीय राजेन्द्र उराउले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५५ की बातियो उराउबीच विवाद हुँदा आमा र मृतकी बहिनी ३० बर्षीया रिता उराउले बाँसको लाठिले टाउकोमा प्रहार गर्दा राजेन्द्र गम्भीर घाइते भएका थिए।

उनको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा आइतबार राती सवा १० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए।

घटनामा संलग्न आमा बातियो उराउ र बहिनी रितालाई नियत्रणमा लिई थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय