जनकपुरधाम । शनिवार विहान ९ बजेदेखी दिउँसो ४ बजे सम्म एम आइ एस अपरेटर तथा फिल्ड सहायकहरुको सम्मेलन सम्पन्न कार्यक्रम भएको छ ।
जनकपुरधाम स्थित राजदरवार रिसोर्ट तथा नवरंग होटल मुजेलियामा एम आइ एस अपरेटर तथा फिल्ड सहायक धनुषा समितिको अध्यक्ष शुसिल कुमार यादवको अध्यक्षतामा एम आइ एस अपरेटर तथा फिल्ड सहायक प्रदेश स्तरिय समिति गठन गर्न प्रदेश नं २ का आठ वटै जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा कार्यरत रहेका एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायकहरु तथा अरु प्रदेशका एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायकहरुको भब्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमले एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायकहरुको प्रदेश स्तरिय समिति गठन भएकोछ । उक्त मितिको अध्यक्ष पदमा सुनिल कुमार सिंह (धनुषा), उपाध्यक्षमा अरबिन्द कुमार महत्तो (सिरहा), अनिल कुमार यादव (सप्तरी), राजिव यादव (बारा), कोषाध्यक्षमा विकास कुमार गुप्ता (महोत्तरी), महासचिवमा जितेन्द्र यादव (पर्सा), सचिवमा विक्की बाबु प्रसाद जयसवाल (रौत्तहट), सदस्यमा भुपेन्द्र कुमार यादव (सप्तरी), गोपाल कुमार साह (रौत्तहट), आशिष कुमार साह (धनुषा), श्रीनिवास चौधरी (बारा), सुनिल कुमार यादव (सिरहा), रिंङ्कु यादव (महोत्तरी), शिवानी सिंह (रौत्तहट), शिव कुमार महत्तो (पर्सा) रहेको फिल्ड सहायक गरी जम्मा १७ सदस्य समिति गठन गरेको छ ।
उक्त गठन गरिएको समिति बारे उपाध्यक्ष अरविन्द कुमार महतोले अपन दैनिक पत्रिकालाई जानकारी गराए ।
त्यस्तै राष्ट्रिय स्तरका एम.आइ.एस. अपरेटर तथा फिल्ड सहायकहरु तदर्थ समिति गठन भएको छ ।
उक्त समितिमा संयोजकमा शुसिल कुमार यादव (धनुषा), सदस्यमा सुरज गिरि (बारा), जलेन्द्र पटेल (रौत्तहट), प्रविण कुमरा शर्मा (महोत्तरी), सरोज कुमार चौलागाई (सर्लाही), रविन्द्र कुमार साह (सप्तरी), मनोज कुमार राउत (पर्सा), उज्जवल विक (सिरहा) रहेको छ ।