ग्यास चुल्हा सेटमटिहानी नगरपालिकामहोत्तरी

महोत्तरी । महोत्तरीको सीमावर्ती मटिहानी नगरपालिकाका दलित समुदायका १ सय ३३ जना परिवारलाई ग्यास चुल्हा सेट वितरण गरिएको छ। चरम गरिबीको मारमा रहेका उनीहरुलाई मटिहानी नगरपालिकाले माटोको चुल्हो विस्थापित गर्दै ग्यासचुल्हा सेट वितरण गरेको हो।

नेपालमा ४२ हजार बढी मानिसहरु प्रदूषणले हुने रोग लागेर प्रत्येक वर्ष ज्यान गुमाउँछन्। भान्छाभित्रको धुँवाले लाग्ने रोगहरुले बढी गरिबहरुको ज्यान गइरहेको अध्ययनले देखाएको छ। मृत्यु हुनेमा बढी गरिब तथा विपन्न परिवारका महिला तथा बालबालिकाहरु छन्।

गरिब परिवारको जीवन रक्षाका लागि मटिहानी नगरपालिकाले ग्याससेट वितरण अभियान चलाएका हुन्। शनिबार मटिहानी नगरपालिकाको वडा नम्बर ४, ६, ७ र ९ मा बासोबास गर्ने मुसहर, डोम र हलखोर जातिलाई मेयर हरिप्रसाद मण्डलले ग्यास सिलेण्डर र चुल्हा वितरण गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!