जनकपुरजनकपुरधाम उपमहानगरपालिका

जनकपुरधाम । जनकपुरधामको सबैभन्दा ठूलो र प्रमुख मानिने ‘रामजानकी विवाह पञ्चमी महोत्सव’ नजिकिँदै जाँदा जनकपुर नगर क्षेत्र फोहोरमय छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय लाखौं पर्यटकको आगमन हुने सो महोत्सवको तयारी जानकी मन्दिरमा महिना दिन अघिनै सुरु भइसकेको छ। तर, जनकपुरधाम उपमहानगरपालिकाको लापरबाहीका कारण नगरक्षेत्रमा ठाउँठाउँमा जथाभावी फोहोर थुपारिँदा नगरनै कुरुप भएको छ।

कोरोना महामारीले पछिल्लो दुई वर्षदेखि महोत्सव खल्लो भएको थियो। तर, यस वर्ष धुमधामका साथ साताव्यापी भव्य आयोजन गरिने तयारीमा जानकी मन्दिर जुटेको छ। मंसिर १७ देखि महोत्सव सुरु हुने भए पनि यसको आयोजनका लागि नगरक्षेत्रको सरसफाइमा कुनै ध्यान पुर्‍याइएको छैन।

नगरको मुख्य आकर्षण जानकी मन्दिर, राम मन्दिर, जनक चोक, भानु चोक र जनकपुर प्रवेशद्वारहरू रामानन्द चोक, बस स्ट्यान्डलगायतका क्षेत्रहरूमा फोहोरको डंगुर थुपारिएका छन्।  उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा कुनै ध्यान नदिएपछि विभिन्न वाडका वडाध्यक्षहरूले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका—४ का वडाअध्यक्ष सुदर्शन सिंह भन्छन्, ‘हामी जनप्रतिनिधिले पटक–पटक फोहोर व्यवस्थापनका लागि आग्रह गरे पनि मेयरबाट बेवास्ता भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!