प्रदेशप्रदेश नं १समाचार

गौर नगरपालिकामा अख्तियारको छापा

ADVERTISEMENT
ADVERTISEMENT

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटको सदरमुकाम गौर नगरपालिका छानबिन गरेको छ । आयोगको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो । गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

ADVERTISEMENT

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button