प्रदेशप्रदेश नं २समाचार

कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाको पूरानो भवनमा व्यक्तिको रजाई

कर्मचारीको मेलोमतोमा वर्षौदेखि शुल्क नै नदिई कोठा नीजि व्यवसायमा प्रयोग

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । सार्वजनिक सम्पत्तिमा सम्बन्धित कार्यालयका प्रमुखको मिलोमत्तो भएपछि के हुन्छ ? कार्यालय प्रमुखले साठगाँठ गरेपछि नोक्सानी भनेको कार्यालयलाई नै हुन्छ । यस्तै भईरहेको छ, सिरहा सदरमुकाममा रहेको एक सरकारी कार्यालयको । कार्यालय प्रमुखको मेलोमतोमा पहुँचबला व्यक्तिले रजाई गरिरहेका छन् ।

ADVERTISEMENT

सिरहा सदरमुकामको जिल्ला प्रशासन, राष्ट्रिय अनुसन्धान कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालय हाताभित्र कार्यालय प्रमुखको साँठगाँठमा पहुँचबलाले रजाई गर्दै आईरहेका छन् । उक्त परिसर भित्र रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको पूरानो भवनमा कार्यालय प्रमुखको साँठगाँठमा पहुँचबाला व्यक्तिले रजाई गरिरहेको छ । कोषको पुरानो कार्यालय भवनमा विना ठेक्का पहुँचबला व्यक्तिले पसल सञ्चालन गरिरहेका छन् ।

ADVERTISEMENT

उक्त भवनमा फोटोकापी पसल र निजी खाजा पसल सञ्चालनमा रहेको छ । दुवै पसल संचालन गर्न कुनै प्रकृया पूरा नगरिएको भेटिएको छ ।
कार्यालयको पुरानो भवनमा निजी व्यक्तिले खाजा पसल र फोटोकापी पसल सञ्चालन गर्दा सरकारी कार्यालयलाई कुनै लाभ भईरहेको छैन् । व्यक्तिले नै लाभ उठाउँदै आईरहेका छन् । आफ्नै कार्यालयको पूरानो भवनमा फोटोकापी र खाजा पसल विना कुनै शुल्क लिई संचालनमा आउँदा आफुले पनि कुनै किसिमको खोजबिन नगरेको कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख यमनाथ गिरीले बताएका छन् ।

हाल सम्म खाजा पसल र फोटोकापी पसल सञ्चालकहरुले कार्यालयसँग कुनै किसिमको आधिकारीक अनुमति नलिएको र कुनै किसिमको शुल्क पनि नबुझाएको भन्दै प्रमुख गिरीले कुन प्रकृयाले सञ्चालन भईरहेको छ, त्यसवारेमा सोधपुछ गरिने बताएका छन् ।
पहुँचबाला व्यक्तिले निःशुल्क रुपमा कोठाको फाईदा लिईरहँदा लेखापढी कानून व्यवसायीहरुले पनि आपत्ती जनाएका छन् । फोटोकापी पसलबाट लेखापढीको काम पनि भईरहेको छ ।

आफुहरु नेपाल सरकारकबाट लाइसेन्स लिई लेखापढी कार्यालय परिसर बाहिर बसेर गर्दै आईरहेको भन्दै लेखापढी व्यवसायीहरुले कार्यालयको कर्मचारी र प्रमुखको साँठगाँठमा व्यक्तिले निःशुल्क रुपमा कोठा पाएको र त्यहाँबाट लेखापढीको काम गर्दै आईरहेको छ बताएका छन् ।
हामीलाई कहिले कार्यालयबाट बाहिर धपाउने त कहिले बिचौलियाको नामले गाली गर्ने तर कुनै पहँुचबला व्यक्तिलाई सार्वाजनिक सम्पति निःशुल्क रुपमा दिनु भनेको भित्रभित्र अनुचित लाभ लिईरहेको उनीहरुको दावी रहेको छ ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button