कैदीको मृत्युबझाङ

बझाङमा हिरासतभित्रै ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमै मृत्यु भएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

‘बिहान हिरासतभित्र सुरक्षाकर्मीलगायत हिरासतमा रहेकाहरू चिया पिइरहेका थिए, उहाँ पनि चिया पिउँदै हुनुहुथ्यो, चिया पिउँदापिउँदै एक्कासि अचेत हुनुभयो,’ डिएसपी विष्टले भने, ‘अचेत भएपछि जिल्ला अस्पताल पठायौं र अस्पतालले मृत घोषणा गर्‍यो ।’

मृतक रावल र उनका छोरा जयबहादुर बुहारी हत्याको आरोपमा २० कात्तिकदेखि हिरासतमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!