कमला नदीमाझोलुङ्गे पुलसिरहा–धनुषा

सिरहा । प्रदेश २ का भौतिक तथा पूर्वाधार विकास मन्त्री राम सरोज यादवले प्राचीन महत्वको सारस्वरघाटको कमला नदिमा झोलुङ्गे पुल निर्माण गर्न आफूले पहल गर्ने बताएका छन् । सिरहा नगरपालिका १२ सारस्वर आईतारदेखि सुरु भएको ३५औं झण्डा मेलाको उद्घाटन गर्दै मन्त्री यादवले सिरहा–धनुषा जिल्ला जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माणमा भूमिका खेल्ने बताएका छन् ।

सिरहा–धनुषाका कमला नदी वारीपारीका स्थानीयलाई आवतजावत गर्न कठिनाई भईरहेको अवस्थालाई ध्यानमा राख्दै मन्त्री यादवले भने, ‘झोलुङ्गे पुल निर्माण गर्न हरसम्भव प्रयास गर्छु । पुल निर्माण भएपछि दुवैतर्फका स्थानीयका दैनिकी फेरिनेछ ।’
उनले हुलाकी राजमार्ग अन्र्तगत बसपिट्टा घाट नजिक निर्माणाधीन कमला नदिको पुल छिटो बनाउन आफूले समन्वय गर्ने बताएका छन् । हुलाकी राजमार्ग खण्डको मेरुदण्डको रुपमा कमला नदीको पुल भएको भन्दै मन्त्री यादवले निर्माण कम्पनी, आयोजना कार्यालय र संघीय सरकारलाई पुल निर्माण गर्न आवश्यक दबाब दिने बताएका छन् ।

जय हनुमान सेवा समितिका अध्यक्ष जीवछ गुप्ताको अध्यक्षतामा भएको ३५औं झण्डा मेला उद्घाटन समारोहमा वक्ताहरुले झण्डा मेलाको महत्वबारे आफ्ना विचार व्यक्त गरेका थिए । यस वर्ष ३५औं झण्डा मेला अगामी मंसिर ३ गतेसम्म रह्ने मेला आयोजक कमिटिका अध्यक्ष भोगेन्द्र साहले बताएका छन् । मेला साढे ३ दशक पूरा गरेको अवसरमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकर्मीबाट साँस्कृतिक प्रस्तुति हुने भएको अध्यक्ष साहले बताएका छन् ।

मैथिली लोकगाथाका लोकनाच आल्हा रुदल, रोमा न्यौपाने, रुद्रसेन विक सहितका कलाकारसँगै, कुस्ती प्रतियोगीता, झरनी खेल लगायतको कार्यक्रमहरु हुने अध्यक्ष साहले बताएका छन् । यस वर्षको मेला सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने सक्ने भन्दै अध्यक्ष साहले स्थानीय बासिन्दासँगै विभिन्न दाताहरुको सहयोग रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय