गौरविधार्थीशुल्कसामुदायिक विद्यालय

रौतहट । रौतहटको गौरमा सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क उठाएको विरोधमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन ।

गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालयले गैरकानूनी रुपमा विद्यार्थी बाट शुल्क उठाएको आरोपमा विद्यार्थीहरुले तोडफोड तथा आागजनी गरेका हुन । दुई थरिको शिक्षा प्रदान गरिरहेको विद्यालयले नेपाली माध्यममा पढने विद्यार्थीहरुलाई निशुल्क र अगे्रंजी माध्यममा पढने विद्यार्थीहरुले बोर्डिङ्ग स्कूलमा झै मासिक शुल्क, भर्ना शुल्क, परीक्षा शुल्क र पाठयपुस्तकको समेत शुल्क लिएको भन्दै विद्यार्थी आक्रोशित भएका हुन । सार्वजनिक विद्यालयले शिक्षा नियमावलीको विरुद्ध विद्यार्थीबाट शुल्क उठाउन थालेको भन्दै विद्यार्थीले यसअघि पनि विरोध जनाउदै आएका थिए ।

अनेरास्ववियूले शुल्क उठाउने निर्णय गर्ने तत्कालीन प्रधानाध्यापक नागेन्द्र प्रसाद मण्डल र प्रधानाध्यापक चन्देश्वर राउतलाई कारवाहीको माग समेत गरेको छ । प्रधानाध्यापक राउतले भने विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी कम भएपछि विद्यालयले आफ्नै श्रोतमा अगे्रंजी माध्यमको कक्षा संचालन गरेको र सोही अनुरुप तिन सय देखी सात सय सम्म शुल्क तोकिएको जानकारी दिए । विगतमा पनि विद्यार्थीले शुल्क लिने कार्यको विरोध गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय