
अमर कुसैत/सिरहा । नेपाल विधुत प्राधिकरण गाडीको ठक्करबाट सोमबार दिउसो एक बालकको मृत्यु भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका-१० मुसहर्नियास्थित लोकमार्गमा ओभर स्पीडका कारण अनियन्त्रित भई गाडीको ठक्करबाट धनगढीमाई नगरपालिका-१० बस्ने किसन बहादुर तामाङ्गको १० वर्षीय छोरा नरेश बहादुर तामाङ्गको उपचारको लागी लग्दै गरेको अवस्थामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय घनगढीले बताउनु भयो ।
पश्चिबाट पुर्व जादै गरेको बा.१ ञ. २०९३ स्कारपियो अनियन्त्रित भईे पैदल यात्री नरेशलाई ठक्कर दिदै सडकबाट खेतमा झरेका थिए ।

गाडीमा सवार नेपाल विधुत प्राधिकरण हेटौडा, भरतपुर वर्दघाट २२० के.भी. प्रसारण लाईनका आयोजना प्रमुख नरेश कुमार खड्का सख्त घाईते भएको प्रहरीले जनाएको छ । घाईते प्रमुखको छातीमा विशेष चोट लागेको र चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मृतक तामाङ्गको शव लहान अस्पतामा लगिएको परिवारजनले बताए ।