दुर्घटनासुर्खेत

सुर्खेत । वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सुर्खेत–जुम्लारोडको बाङ्गे सिमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह–८४४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी शाहीको कर्णाली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अटोमा सवार अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगरका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही रहेका छन् ।

एसपी श्रेष्ठका अनुसार उनीहरु सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैं अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएको प्रहरीले बताएको छ ।

अटो चालक वीरेन्द्रनगर १ का २४ वर्षीय रमेश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!