छठ पर्वजनकपुरधाम

अमर कुसैत/धनुषा । जनकपुरको गंगासागरमा छठ पर्वको विशेष तयारी गरिएको छ । गंगासागर, धनुष सागरसहित यहाँका पोखरी दुलही झैं सजाइएको छ ।

आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले पानीमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतवारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई पूजापाठ गरिँदै छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बिहानैदेखि पकवानहरु पेखरीमा सजाइएको छ । सन्तान प्राप्ति , निरोगिता , सुख , समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक छठ पर्व मनाइन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!