प्रदेशप्रदेश नं. ६ कर्णालीसमाचार

२४ वर्षअघि सुकेको मुहानबाट पानी आउन थालेपछि…

ADVERTISEMENT
ADVERTISEMENT

हुम्लाको दक्षिण भेगस्थित अदानचुली गाउँपालिका–३ रिठापाटामा झण्डै २४ वर्षअघि सुकेको मुहानबाट पुनः पानी आउन थालेको छ । लगातार २४ वर्षसम्म पानी नआएको सो मुहानबाट पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् । सुकेको मुहानबाट पानी निस्कन थालेपछि सो वडावासी आ आफ्नो रीतिरिवाज र परम्परा अनुसार होमजाप गरी बन्द रहेको धारालाई मर्मत गरिएको छ । २४ वर्ष पहिले अदानचुली–३ रोकाया गाउँका बासिन्दाले रिठापाटा भन्ने ठाउँबाट पानी खाने गर्दथे ।

ADVERTISEMENT

मुहानमा पानी सुकेपछि अन्यत्र गई पानी खानुपर्ने अवस्था रहेको थियो । तर केही दिन अगाडि लगातार परेको अविरल वर्षाले २४ वर्षसम्म सुकेको मुहानबाट पानी निस्कन थालेपछि देउसीभैलो खेलेर जम्मा भएको रकमबाट धारा मर्मत गरिएको स्थानीयवासी मीमबहादुर रोकायाले बताए ।

ADVERTISEMENT

उनका अनुसार गाउँका सबै ज्येष्ठ नागरिक उपस्थित भई धारा मर्मत गरेको होमजग्गी रोकायाले बताए । सुकेको मुहानबाट केही दिनसम्म पानी निरन्तर आएको खण्डमा सिमेन्ट प्रयोग गरेर धारा पक्की बनाइने भएको बताए । गाउँमै सुकेको मुहानाट पानी निस्कन थालेपछि स्थानीयवासी खुसी भएका छन्, भने खानेपानीका लागि गाउँबाट टाढा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको उनको भनाइ छ ।(रासस)

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button