सिरहा । पूर्व कानूनमन्त्री लीलानाथ श्रेष्ठले सिरहाको नरहा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिल्यानाश गरिएको छ ।
३६ कोठाको तीन तल्ले भवन ५ करोड लागतमा निर्माण हुन लागेको छ । प्रमुख प्रशासकीय भवनमा गाउँपालिका मातहत रहेका विभिन्न विषयगत कार्यालयको शाखाहरु हुनेछ । नरहा गाउँपालिका वडा ५ मा शिल्यानाश गरिएको भवन निर्धारित समयभित्र सक्ने लक्ष्यमा जोड दिन पूर्वमन्त्री श्रेष्ठले आग्रह गरेको छ । प्रमुख प्रशासकीय भवन करिब ८ कट्ठा जग्गामा निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आफ्नो भवन नहुँदा पूरानो गाउँ विकास समितिको भवनमा कार्यालय संचालन रहेको छ । न्यायिक समिति लगायतका केही कार्यालय पानबारी चौक नजिकै भाडाको कोठामा संचालनमा रहेको गाउँपालिकाले जनाएको छ ।
शिल्यानाश कार्यक्रममा प्रदेश २ का साँसद जगतारैन देवी साह, गाउँपालिकाका अध्यक्ष रामशरण यादव, प्रमुख प्रशासकीय अधिकृत सुजित यादव लगायतको सहभागिता रहेको थियो ।



