सिरहा । मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरुती मात्र नभई सामाजिक अपराध रहेको बताएका छन् ।
जिलई जमईत अहलेहदिस प्रदेश २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीया स्थित मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दहेज रुपि सामाजिक अपराधलाई अन्त गर्नुको विकल्प नरहेको बताएका छन् ।
मुख्यमन्त्री राउतले दहेजको नाउमा हुने अपराध अन्तको गर्न सबैले आ–आफ्नो स्थानबाट प्रण गर्नुपर्ने बताएका छन् । समाजको आधा हिस्सा ओगट्ेको महिलाहरुको शिक्षामा जोड दिनुपर्न भन्दै मुख्यमन्त्री राउतले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले विकासमा फड्को मार्न नसक्ने दावी गरेका छन् ।

प्रदेश सरकारले महिलाहरुलाई ५० प्रतिशत आरक्षण गरेको जानकारी दिदै मुख्यमन्त्री राउतले शिक्षा नलिएसम्म आरक्षणको समेत फाईदा लिन नसकिने बताएका छन् ।
मतिबुल रहमानको अध्यक्षमा भएको उक्त कार्यक्रममा संघीय सांसद एवम् पुर्वमन्त्री मातृका प्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जसपा केन्द्रिय सदस्य दिपक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम धर्मगुरुहरुले दहेज मुक्त समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।



