काठमाडौं । सरकारले बेमौसमी वर्षाका कारण धान बालीमा भएको क्षतिबारे अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन दिन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको कार्यदल गठन गरेको हो ।
असोज १ गतेदेखि ३ दिनसम्म परेको बेमौसमी वर्षाका कारण प्रदेश १, लुम्बिनी प्रदेश लगायतका क्षेत्रमा धान बालीमा ठूलो क्षति पुगेको छ ।