प्रदेश २सिटी जुलुस
जनमत पार्टीका कार्यकर्ताको जनकपुरधाममा सिटी जुलुस !

जनकपुर । जनमत पार्टीले प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस प्रदर्शन गरेको छ । सोमबार जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्ला मुकाममा सो पार्टीका कार्यकर्ताले सिटी जुलुस प्रदर्शन गरेका हुन् । पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पाटीले पूर्व निर्धारित कार्यक्रम अनुसार जुलुस निकालेको हो । जनकपुरधाममा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।

जनमत पार्टीले ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको छ । त्यस्तै १६ गते वडा तथा टोलमा कोणसभा र अन्तरक्रिया कार्यक्रम गरेर जनतासमक्ष आफ्ना मागबारे जानकारी गराउने तथा सर्वपक्षीय जनआन्दोलनसमेत तय गरिने जनमत पार्टीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!