राष्ट्रियसभा

काठमाडौं । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्य पदमुक्त हुँदै छन् । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा (एकीकृत समाजवादी)का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् ।

एमालेका सांसदहरु सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, कोमल वली, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार र अगम वान्तवा राई चार वर्षको अवधि पूरा गरेर विदा हुँदै छन् । प्याकुरेल राष्ट्रिय सभामा एमाले संसदीय दलको नेता हुन् । गुरुङ विधायन व्यवस्थापन समितिका सभापति हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित शशीकला दाहाल, दीनानाथ शर्मा, जीवन बुढा र खिमकुमार विक पनि फागुन २० गतेदेखि पदमुक्त हुँदै छन् । दाहाल राष्ट्रिय सभामा उपाध्यक्ष छिन् भने शर्मा राष्ट्रिय सभामा माओवादी केन्द्रका संसदीय दलका नेता हुन् ।

नेकपा एकीकृत समाजवादीमा रहेका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पनि बिदा हुँदै छन् । यी चारै जना नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा चार जनाले नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

यस्तै, नेकपाली कांग्रेस राधेश्याम अधिकारी, तारादेवी भट्ट र दृगनारायण पाण्डे बिदा हुँदै छन् । अधिकारी राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता हुन् भने भट्ट दियो विकास तथा सुशासन समितिकी सभापति हुन् ।

अर्का मनोनित सांसद रामनारायण बिडारी पनि बिदा हुँदै छन् ।

२०७४ साल फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचनबाट निर्वाचित भएका ५९ सदस्यको गोलाप्रथाबाट कार्यकाल तय गरिएको थियो । जसमध्ये गोला तान्दा २ वर्ष कार्यकालको गोला तान्नेहरु अघिल्लो बर्ष नै विदा भएका थिए भने ४ वर्षको तान्नेहरु आगामी फागुन २० गतेबाट बिदा हुन लागेका हुन् ।

पदमुक्त हुन लागेका एमाले सांसदहरु
१. अगमप्रसाद वान्तवा राई
२. कविता बोगटी
३. कोमल वली
४. चक्रप्रसाद स्नेही
५. नैनकला ओझा
६. परशुराम मेघी गुरुङ
७. रामलखन चमार
८. सुमनराज प्याकुरेल

पदमुक्त हुने कांग्रेस सांसद
१. दृगनारायण पाण्डे
२. तारादेवी भट्ट
३. राधेश्याम अधिकारी

पदमुक्त हुने माओवादी केन्द्रका सांसद
१. खिमकुमार विक
२. जीवन बुढा
३. दीनानाथ शर्मा
४. शशीकला दाहाल

पदमुक्त हुने एकीकृत समाजवादीका सांसद
१. उदया शर्मा पौडेल
२. ठगेन्द्रप्रकाश पुरी
३. शानितकुमारी अधिकारी जिसी
४. शेरबहादुर कुँवर

पदमुक्त हुने मनोनीत सांसद
१. रामनारायण बिडारी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय