सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकी छिन् ।
उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा साहलाई १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
साहलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले सोमबार सुनसरीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।