समाचार
Trending

पाँचथरमा बस दुर्घटना हुँदा ६५ जना घाइते

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

ADVERTISEMENT

सोमबार फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले उनीहरुलाई उद्धार गरी पाँचथर जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा प्रारम्भिक उपचार गराइएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका चार जनालाई थप उपचारका लागि विर्तामोड पठाइएको छ ।

दशैंमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published.

Back to top button
Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!