काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त डा. दीपेन्द्र रमण सिंहले आइतबारदेखि जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै सिंहलाई महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिंहलाई महानिर्देशक पदबाट हटाएर ११ औं तहका डा. आरपी बिच्छालाई निमित्त महानिर्देशक बनाएका थिए ।
स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले, सिंहलाई आइतबारदेखि जिम्मेवारी सम्हाल्ने गरी महानिर्देशक पदमा नियुक्त गरिएको बताए ।



