सिरहा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहाले आफ्नो वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहाका प्रमुख डा. शिवनारायण प्रसाद गुप्ताको अध्यक्षता र जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको प्रमुख आतिथ्यमा समिक्षा गोष्ठी सम्पन्न भएको हो । आयुर्वेद सेवा कार्यक्रम सम्बन्धि समन्वयात्मक आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा र आर्थिक वर्ष २०७८/०७९ को योजना तर्जुमा गोष्ठि सम्पन्न भएको केन्द्रले जनाएको छ ।
उक्त समिक्षिामा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेंल, जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लब साह, स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादव सहभागी भएका थिए । यस्तै नागरिक आरोग्य सेवा केन्द्र बिष्णुपुरका राजेश कुमार यादव, नागरिक आरोग्य सेवा केन्द्र भगवानपुरका बरुण कुमार साह, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहाका कर्मचारीहरु, विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधिहरु तथा संयोजकहरु, गैरसरकारी संस्थाका प्रतिनिधि, संचाकर्मीहरुको उपस्थिति रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिरहा बरिष्ठ कबिराज निरिक्षक भोला प्रसाद साहले बताएका छन् ।




