प्रदेशप्रदेश नं २समाचार

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष गुप्ताको स्वास्थ्य जटिल

ADVERTISEMENT
ADVERTISEMENT

सिरहा । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष ५८ वर्षीय रामानन्द प्रसाद गुप्ताको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
उच्च रक्तचापका कारण मस्तिष्कघात भएर विराटनगरको न्यूरो अस्पतालमा उपचार गराएर घर फर्काएका उनलाई शुक्रवार साँझ पुन उपचारमा लगिएको छ । गत वुधवार मस्तिष्कघात भएपछि भेन्टिलेटरमा राखेर न्यूरो अस्पताल विराटनगरमा उपचार गरिएको थियो । न्यूरो अस्पतालका चिकित्सकले स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको भन्दै परिवारजनलाई घर लैजान सुझाव दिएका थिए । त्यसपछि उनलाई कृतिम श्वास (अक्सिजन दिदै) लहान स्थित घर ल्याएको थियो । जटिल अवस्थामा रहेको उनी बोल्न खोजेपछि पुनः उपचार गर्न लहान अस्पताल हुँदै थप उपचारको निम्ति विराटनगर लगिएको छ ।

ADVERTISEMENT

३ दशकदेखि पत्रकारिाामा
२०४६ सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका बरिष्ठ पत्रकार गुप्ता नेपाल पत्रकार महासंघ सिरहा शाखाको संस्थापक सदस्य समेत छन् । उनी नेपाल पत्रकार महासंघ सिरहा शाखाको एक कार्यकाल सभापति समेत बनेका थिए । उनी छापा, रेडियो, टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका छन् ।

ADVERTISEMENT

गत असोज ६ मा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रेस काउन्सील क्रियाशिल पत्रकारिता पुरस्कार समेत पाएका छन् । वरिष्ठ पत्रकार गुप्ता उपभोक्ता हकहित हित संरक्षण मञ्चको जिल्ला अध्यक्ष र अख्तियार दुरुपयोग अनुसंधान आयोगको अन्र्तगत नागरिक निगरानी संस्थाका सचिव समेत रहेका छन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button