देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा शिक्षामन्त्री पौडेलले सार्वजनिक शिक्षा गुणस्तर बनाउने आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका हुन् ।

मन्त्री पौडेलले भने ‘सार्वजनिक क्षेत्रलाई सुधार गर्ने पहिलो प्राथमिकतामा रहेको छ । शिक्षाक्षेत्र सुधार गर्नुको साथै शिक्षण प्रणालीलाई आजको युगमैत्री बनाउने प्रयास रहनेछ ।’

शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनलाई प्राथमिकता दिँदै प्रत्येक नागरिकको पहुँचमा गुणस्तरीय शिक्षा हुने गरी काम गर्ने उनले बताए । मन्त्री पौडेलले कसैको दबाब तथा प्रभावमा परेर पेशा र व्यवसायका लागि खोलिने शिक्षा लक्षित काम प्राथमिकतामा नपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय