नाइजेरियाको सेनाले बिहीवार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करीब २५० जना हतियारधारी मारिएका छन् ।
सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरू सेनाको कारवाहीमा परी मारिएका छन् ।
समाचारमा जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीवारसम्म कम्तीमा पनि २५० जना मारिएका हुन् ।
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरू मारिएका पनि सो समाचारमा जनाइएको छ । अबुजामा बिहीवार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो ।
यस क्रममा यहाँको सेनाले गरेको कारवाहीका क्रममा अरू ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरूलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ ।
सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारवाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारवाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरूले नागरिकको हत्या गर्ने गर्दछन् ।
सेनाले महिना दिन यता गरेको कारवाहीमा ती बन्दुकधारीहरूबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ । रासस-सिन्ह्वा