अपराधनेपाल प्रहरीरुपन्देही

रुपन्देही । रुपन्देही प्रहरीले लागुऔषधसहित चार जनालाई प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा उप महानगरपालिका वडा-२२ का २७ को सागर पोख्रेल र गोदावारी नगरपालिका वडा-१ प्रगतिनगर बस्‍दै आएका २० वर्षीय मधुकर बिश्वकर्मा, गैडहवा गाउँपालिका- ९ का ३४ वर्षीय दुर्गा राना र कन्चन गाउँपालिका-२ का १६ वर्षीय अशोक कुमार लोध रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुफिन ३७ सि.सी, फेनेग्रान ३७ सि.सी. ,डाइजेपाम ३७ सि.सी, नाईट्राभेट-८८ पिस, डाईजापाम -४८ पिस बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!