अख्तियार दुरुपयोग अनुसन्धान आयोगघुससहितजलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंसब-इञ्जिनियर
फाइल तस्बीर ।

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका सब-इञ्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

मंगलबार डिभिजन कार्यालयका सब-इञ्जिनियरलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोट बस्ने दिपेन्द्रकुमार केसी छन्।

उनी पाँचौं तहका सब इञ्जिनियर हुन् । त्यस कार्यालयमा उनी २०७३ साल पुस २९ गतेदेखि कार्यरत थिए।

बुढानिलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणको लागि २० मिटर लम्बाइको कल्भर्ट निर्माणको ठेक्का सम्झौता भएको थियो । त्यो काम कसेर अन्तिम बिल भुक्तानी गर्न बसुन्धरास्थित कार्यालय जाँदा जाहेरवालासँग सब-इञ्जिनियर केसीले ठेक्का सम्झौता आठ प्रतिशतले दुई लाख रूपैयाँ माग गरेका थिए।

सो माग गरेको जाहेरीपछि अख्तियारबाट खटिएको टोलीले बसुन्धारास्थित कार्यालयबाट उनलाई घुस रकमसहित पक्राउ गरेको हो।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!