धनुषा । उच्च अदालत जनकपुरले जनकपुरको रामानन्द चोकमा बम विस्फोटमा संलग्न सञ्जय साह ‘टक्ला’लाई ज्यान मार्ने उद्योग गरेको आरोपमा १२ वर्षको कैद सजाय घटाएर ७ वर्ष बनाएको छ । न्यायाधीशहरु धीरबहादुर चन्द र रमेश ढकालको इजलासले ज्यान मार्ने कसुरको हकमा सजाय घटाएको हो ।
बम विस्फोट गराई व्यक्ति हत्या गरेको हकमा उच्च अदालतले कसुरदार ठहर गरेको छ । कति समय कैद गर्ने भन्ने विषयमा अर्को सुनुवाइपछि निर्णय हुनेछ ।