बस दुर्घटना

अमर कुसैत, सिरहा । सिरहाको लहान नगरपलिका २२ सिसवनीमा शुक्रबार स्कुल बस पोखरीमा खसेको छ । स्थानीय ज्वालामुखी ईङ्ग्लिश बोर्डिङ्ग स्कुलको प्र. २ –०१– ००१ क –००९३ नम्बरको बस सत्येन्द्र नारायण चौधरीको पोखरी नजिक रहेको घुमाउरो बाटोमा अनियन्त्रित भई बस पोखरीमा खसेर दुर्घटनामा परेको हो ।

बस बिद्यार्थीलाई छोडेर स्कुल फर्किने क्रममा अनियन्त्रित भएर पोखरीमा खसेको बताइएको छ । दुर्घटनाबाट मानवीय क्षती नभएपनी बाटो साङ्हुरो रहेको उक्त ठाउँलाई मर्मत सम्भार गर्न नगरपालिका र वडा कार्यालयले चासो देखाएको छैन् ।

लोकमार्ग भन्दा करिव ३ किलोमीटर दक्षिणमा पर्ने उक्त बाटोमा दैनिक सयौको संख्यामां सवारी साधनहरु चल्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!