एसिड प्रहारमुस्कान खातुन

पर्सा । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएको थियो ।

कोभिड-१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएको थियो ।

उनलाई पुन सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुन बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया मुस्कान खातुनलाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!