सिरहा । सिरहाको ११ स्थानीय तहमा सार्वजनिक र नीजि जग्गाको विशेष नापी कार्य भईरहेको छ । सिरहाको मिर्चैयामा स्थापना गरिएको विशेष नापी कार्यालयले जग्गाको नाप नक्साको काम गरिरहेको छ । २०७३ वैशाख १ गतेमा स्थापना भएको अख्तियार पाए अनुसारको जग्गाको नाप नक्सा तयार गर्ने, लालपूजा वितरण गर्ने जस्ता कार्यमा जुटेको छ ।

माओवादी द्वन्दकालीन समयमा सिरहा सदरमुकाममा रहेको नापी कार्यालयमा क्षती पुगेपछि क्षतिग्रस्त नक्सालाई अहिले विशेष नापी कार्यालयले निर्माणमा जुटेको छ । कार्यालयले राजपत्रानुसार क्षति भएको जग्गाको लगत कायम गरी नक्सा पुर्नस्थापनाको काम गरिरहेको जनाएको छ ।
नापी कार्यालय सिरहामा रहेको साविकमा ७७ गाविसहरु नक्सा निमार्णमा कार्यालय जुटेको विशेष नापी कार्यालयका प्रमुख दिलिप कुमार सिंहले बताए । तात्कालिन ७७ गाविस अहिले ५ वटा गाउँपालिका र ६ वटा नगरपालिकाको गाँभिएकोले त्यसै अनुसारको नक्सा निर्माणको कार्य भईरहेको प्रमुख सिंहले बताए । कार्यालयले हाल सम्म १५ हजार ६ सय ५१ हेक्टर क्षेत्रफलको जग्गा नापी गरिसेकेका छ ।
सिरहा नापी कार्यालयमा रहेको नरहा गाउँपालिका, बिष्णुपुर गाउँपालिका, अर्नामा गाउँपालिका, औरही गाउँपालिका, बरियारपट्टी गाउँपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका, सुखिपुर नगरपालिका र गोलबजार नगरपालिकाका केही वडाहरुको जग्गाको नापी काम भईरहेको प्रमुख सिंहले बताए ।
२०२१ सालको नापी जस्तै
सवैथोक नाप्ने गरेको भन्दै कार्यालय प्रमुख सिंहले ऐलानी, पर्ती, वन जंगल, नीजि, सार्वजनिक जग्गाको डिजिटल नक्सा तयार भईरहेको बताएका छन् ।
नापी विभागले दिदै आएको लक्ष्य अनुसार विशेष नापी कार्यालय मिर्चैयाले जग्गाको नक्सा र नापी गर्दै आएको भन्दै कार्यालय प्रमुख सिंहले दरबन्दी अनुसार कर्मचारी नभएपनि लक्ष्य अनुसार प्रगति हासिल गर्दै आएको बताए । कर्मचारी व्यवस्थापन हुँदा छिटो र छरितो काम हुन सक्ने भन्दै सिंहले यसमा नापी विभागवाटै पहल हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!