चितवनत्रिशुली नदी

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५, नाग्दी खोला पुल नजिकबाट त्रिशुली नदीमा खसेका ३ जना अझै भेटिएका छैनन् । काठमाडौंबाट पोखरा जाँदै गरेको ग२च ४९१८ नम्बरको निजी कार शुक्रबार बिहान त्रिशुलीमा खसेको हो ।

बेपत्ता हुनेमा कास्कीको पोखरा महानगरपालिका-१७ का प्रेमबहादुर भुजेल,लेखबहादुर भुजेल र ईश्वरी भुजेल रहेका छन् । बेपत्ता तीनजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी मुग्लिङ्गले जनाएको छ ।

रातीको समयमा अनियन्त्रित भई सडकबाट करिब ३५ मीटर तल त्रिशुली नदीमा खसेको हो । कारमा सवार पोखराका रुद्रलाल सुवेदीलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो ।

सुवेदीको पुरानो मेडिकल कलेज चितवनमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!