ईश्वरीप्रसाद ज्ञवालीधनुषा

धनुषा । शिक्षा अधिकारीमाथि धनुषामा हातपात भएको छ । सरुवा विवादका कारण एक जना राहत शिक्षकका बुवाले शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका प्रमुखमाथि हातपात गरेका हुन् । मंगलवार दिउसो धनुषाको शहीद नगरपालिका- १ स्थित मतौना राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक माधव राय यादवका बुवा बेचन यादवले आफ्नो छोरासहितका शिक्षकलाई कानून विपरीत सरुवा गरिएको भन्दै शिक्षा एकाइका प्रमुख ईश्वरीप्रसाद ज्ञवालीमाथि हातपात गरेका थिए ।

प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार अवकाश प्राप्त शिक्षकसमेत रहेका बेचन यादव छोराको सरुवा सम्बन्धी समस्या लिएर कार्यालयमा आएको थिए । तर प्रमुख ज्ञवालीले बेवास्ता गर्दै कार्यालयबाट निस्किन लागेपछि बचेन यादव हातपातमा उत्रिएका हुन् । तर प्रमुख ज्ञवालीले आफूलाई जिल्ला प्रशासन कार्यालयको बैठकमा पुग्न ढिलो भइरहेको कारण कार्यालयबाट निस्किन लाग्दा होहल्ला भएको बताए ।

उनले आफूमाथि हातपात नभएको दाबी समेत गरे । माधवको बुवा बेचन यादवले कानून विपरित गरिएको सरुवा बदर र बक्यौता तलबको माग गर्न समन्वय एकाइ समितिमा जाँदा घटना भएको बताए । आफ्नो गुनासो लिएर जिल्ला प्रशासन कार्यालय, नगरपालिका र समन्वय एकाइमा कयौं पटक निवेदन दर्ता गराएपनि हालसम्म पहल नहुँदा अप्रिय घटना उत्पन्न भएको उनको भनाइ छ ।

शहीद नगरपालिका शिक्षा एकाइ समितिले सो विद्यालयमा कार्यरत माधव यादवलाई सोही वडाको कुम्भकर्णस्थित विद्यालयमा र भरतप्रसाद यादवलाई बेमरखीमा सरुवा गरी काभ्रेपलाञ्चोकबाट रन्धीर कुमार यादव र डडेलधुराबाट वकिल राय यादवलाई ल्याउँदा विवाद भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!