सिरहा । जिल्ला समन्वय समिती सिरहाको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ ।
जिसस सभाहल सिरहामा मंगलबार सभाको जिससका सभापति रामचन्द्र ठाकुरले उदघाटन गरेका छन् । सभाका उपसभापति सरोज कुमार यादव, स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रजिअ प्रदीपराज कणेल, नेपाल प्रहरीका एसपी हिरा बहादुर पाण्डे लगायत सहभागी भएका थिए ।
जिल्ला सभामा सभापति ठाकुर कार्यपत्र प्रस्तुत गर्दै कानुन अधिकार र बजेटको प्रयाप्तता नहुँदा सोचे जस्तो काम गर्न नसकेको उल्लेख गरेका थिए । समन्वय, अनुगमन लगायतको भूमिका निर्वाह गर्दै स्थानीय तहलाई तात्कालिक जिविसको कोषको रकमको साझेदारी कार्यक्रम गरिएको बताए ।
सभामा प्रजिअ कणेलले शुभकामना र जिसस उपसभापति यादवले स्वागत मनत्व्य राखेको कार्यक्रम संचालन गरेका समन्वय अधिकारी सुजित यादवले बताए ।
कार्यक्रममा कर्जन्हा नगरपालिका, मिर्चैया नगरपालिका, बिष्णुपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, नवराजपुर गाउँपालिका, नरहा गाउँपालिका लगायतका स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालय, पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को प्रगती प्रतिवेदन पेश गरेका समन्वय अधिकारी यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!