स्मार्ट कार्डस्मार्ट लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)का लागि फ्रान्सबाट १४ लाख थान स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ । स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले फ्रान्सबाट ल्याउन लागेको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार स्मार्ट कार्ड अबको एक महिनाभित्रमा नेपाल आइपुग्ने छ । उनले भने,‘कार्ड ल्याउन सबै प्रक्रिया पूरा गरिसकेका छौँ, अबको एक महिनामा कार्ड नेपाल आइपुग्छ ।’

स्मार्ट कार्डको मौज्दात सकिएपछि विभागले २०७७ फागुन महिनाबाट नै कार्ड छापेको थिएन । कार्ड आएपछि निरन्तर छाप्ने उनले बताए । उनका अनुसार नयाँ र नवीकरण गरिएको करिब ७ लाख कार्ड छाप्न बाँकी बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!