अपराधकर्मचारीघरेलु
File photo

सप्तरी । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी र सप्तरी प्रहरीको संयुक्त टोलीले सोमबार घरेलुका कर्मचारी विरेन्द्र साहलाई पक्राउ गरेको हो ।

सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाका अनुसार साहलाई सेवाग्राहीसँग घुस रकम लिँदैगर्दा पक्राउ गरेको हो । पक्राउ परेका साह नायब सुब्बा हुन् ।

आवश्यक अनुसन्धानको लागि कर्मचारी साहलाई अख्तियारको कार्यालय इटहारी लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!