साँझ नेपाल निजामती कर्मचारी संगठन

काठमाडौँ । प्रहरीले ९२ जना कर्मचारीलाई पक्राउ गरेको छ।

सोमबार साँझ नेपाल निजामती कर्मचारी संगठनका अधिकारीहरुलाई प्रहरीले पक्राउ गरिएको हो ।

केदार देवकोटा, मोहन घिमिरे, रेवन्त गौतम, लेखनाथ कोइरालासहित ९२ भन्दा बढी कर्मचारीका नेताहरूलाई पक्राउ गरेको हो ।

देवकोटा पक्षीय कर्मचारी संगठनका नेताहरू कार्यालयमै बसिरहेको समयमा अर्को पक्षले कार्यालय कब्जा गर्न खोजेपछि केहीबेर झडपको स्थितिसमेत पैदा भएको थियो ।

केही दिन अघि माधव नेपाल पक्ष र ओली पक्षीय कर्मचारीहरूले छुट्टाछुट्टै भेला गरी आ-आफै अध्यक्ष भएको घोषणा गरेका थिए । सङ्गठनमा आ-आफ्नै दाबीसहित मिडिया बाजीमा लागेका उनीहरू एउटाले कार्यालय नछोड्ने र अर्कोले कब्जा गर्ने तर्फ लागेपछि आजको झडको स्थिति पैदा भएको सहभागी एक अधिकारीले बताए ।

प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरका अनुशार झडपको स्थिति पैदा भएपछि दुबै पक्षका गरी ९२ जना कर्मचारीलाई नियन्त्रणमा लिई झै झगडा नगर्ने शर्तमा छोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!