अमरिन्दर सिंहपञ्जाव

नयाँदिल्ली । भारतको पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट शनिबार राजीनामा दिएका छन् ।

सत्तारुढ दल कांग्रेस आईमा विवाद चलिरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार कांग्रेस पञ्जाव संसदीय दलको बैठक बस्ने तय भएपछि उनले राजीनामा दिएका हुन् ।

अमरिन्दर सिंह र हालै पञ्जाव कांग्रेसका अध्यक्ष बनेका नवजोतसिंह सिद्दुबीच विवाद चलिरहेको छ ।

२०१४ को आम निर्वाचनमा अमरिन्दरले तत्कालीन भाजपा नेता अरुण जट्लीलाई पारजित गरेपछि उनको चर्चा चुलएिको थियो । त्यसपछि २०१७ को विधानसभा चुनाव कांग्रेस उनकै नेतृत्वमा लडेको थियो र बहुमत पाएको थियो ।

पञ्जावमा १० वर्षपछि अमरिन्दरले कांग्रेसलाई सत्तामा ल्याएका थिए । –एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!