तस्करीभारतीय नागरिक

सिरहा । सिरहाको ठाडीमा नेपालबाट भारततर्फ तस्करी गर्न लागेको ५ किलो चाँदीसहित दुई जना भारतीय युवकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला, खुटौना पञ्चायत बस्ने ४० वर्षीय पिन्टु महतो र ३५ वर्षीय रबि महतो रहेका छन् । उनी दुबै जनालाई सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ ठाडीमा चेकजाँचको क्रममा चाँदीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी हिरा बहादुर पाण्डेले बताएकाछन् ।

आवश्यक कारबाहीका लागि पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा ल्याउने तयारी भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!