२ नम्बर प्रहरी प्रदेश कार्यालयप्रदेश २सडक डिभाइडर

अमर कुसैत/जनकपुर । प्रदेश-२ को भौतिक पूर्वाधार विकास मन्त्रालयले ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सडक डिभाइडर हस्तान्तरण गरेको छ । मंगलबार जनकपुरधाममा २ नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारलाई भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले सडक डिभाइडर हस्तान्तरण गरेका हुन् ।

लामो समयदेखि थन्क्याएर राखिएका साना तथा ठुला खालका २५३ वटा सडक डिभाइडर हस्तान्तरण गरिएको हो । सो अवसरमा मन्त्री रामसरोज यादवले आवश्यकता अनुसार जनकपुरधामसहित प्रदेश २ को ८ वटै जिल्लाका मुकाममा भिडभाड तथा सवारी साधनको चापलाई नियन्त्रित गर्दै थप व्यवस्थित बनाउन तत्काल मुख्य सडकमा डिभाइडर राख्न निर्देशनसमेत दिए ।

प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधामका मुख्य सडक-खण्डमा अहिले कंक्रिटले बनाइएको डिभाइडर राखिएको छ । भिडभाड तथा सवारी साधनको अत्याधिक चापले गर्दा समय समयमा दुर्घटना हुने गरेकाले सोको विकल्पको खोज्दै आवश्यकता अनुसार साना तथा ठुला खालका डिभाइडर राख्न धनुषा ट्राफिक प्रहरी कार्यालय मातहतका निकायलाई निर्देशन दिइएको छ ।

कार्यक्रममा मन्त्रालयका सचिव दीपककुमार दास, प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख तथा प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठ, यातायात कार्यालय र सडक कार्यालयका प्रतिनिधि, धनुषा ट्राफिक प्रमुख नवराज न्यौपाने लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!