काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आफूहरू नेकपा एकीकृत समाजवादीमा जान चाहे पनि निर्वाचन आयोगले सहयोग नगरेको र एमालेले कारबाही गर्ने सम्भावना रहेको भन्दै पाण्डे र भट्टले सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

न्यायाधीश मीरा खड्काको इजलासले आज आइतवार दुवै सांसदलाई पर्सि भदाै २९ गते मङ्गलवारसम्म कारबाही नगर्न एमालेलाई आदेश दिएको छ भने निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चले पर्सि मङ्गलवार दुवै पक्षलाई सर्वोच्चमा बोलाएको छ । २९ गतेको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिने/नदिनेबारेमा निर्णय गर्नेछ ।

निर्वाचन आयोगले नेकपा एमालेबाट फुटेर एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिने समयमा उपस्थित हुन नसकेका सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई सनाखतमा पनि रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!